भारतीय संचार माध्यमले माफी माग्नुपर्छ : मनिषा कोइराला

काठमाडौं – नेपाल सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटेर सार्वजनिक गरेको नयाँ नक्साको समर्थन गरेपछि भारतीय संचारमाध्यमको सिकार हुन पुगेकी नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाको बचाउमा नेपाली सेलिब्रेटी उत्रिएका छन्। अभिनेत्री मनिषालाई भारतको खाएर चिनसँग मिलेर भारत बिरोधी गतिबिधि गरेको समेत आरोप भारतीय मिडियाले  लगाउदै आएका छन्। यतिमात्र कहाँ हो र ? नेपालीको कदमको समर्थन गरेको कारण सामाजिक प्रयोगकर्ता भारतीयले समेत मनिषाको बिरोधका आवाज उठाएका छन्। मनिषाको बचाउमा कलाकारले आ–आफ्नो सामाजिक संजालमार्फत खुलेरै समर्थ गरिरहेका छन्। कतिपय सेलिब्रेटीले मनिषाको पक्षमा आफ्नो आवाज राख्दै भारतीय संचार माध्यम र सामाजिक प्रयोगकर्ताले उनीसँग माफी समेत माग्नु पर्ने धारणा राखेका छन्। अभिनेता राजेश हमालले आफ्नो फेसबुकमा एक भिडियो सन्देश पोस्ट गर्दै सरकारको कदमको समर्थन गरेका छन्। उक्त सन्देशमा राजेशले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भएको बताएका छन्। ‘जे नेपालको हो त्यही मात्र फिर्ता मागेका हौ। बढी होइन घटी मान्य छैन’ राजेशले भनेका छन्। कलाकार दीपकराज गिरीले रमाइलो प्रसंग सहितको एक … Continue reading भारतीय संचार माध्यमले माफी माग्नुपर्छ : मनिषा कोइराला